post-slider post-slider

बारामा बोलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

Image
A A

बारा, फागुन ९ - बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६च १३३४ नम्बरको बोलेरो र विपरीत दिशाबाट जाँदै गरेको ना६ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए। 

घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन। 

 

Tags: