post-slider post-slider

बंकरमा फसेका नेपालीको इजरायली सेनाले गर्‍यो उद्धार

Image
A A

काठमाडौं- हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूको इजरायली सेनाले उद्धार सुरु गरेको छ। अहिले त्यहाँको सेनाले धमाधम सुरक्षित स्थान तेलअभिभतर्फ रेस्क्यु गरिरहेको सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुइस रिजालले बताए।

आफूहरू बसेको बंकरबाट स्कर्टिङ गरेर लैजानका लागि आर्मीको टोली आइपुगेको उनले जानकारी दिए। फार्मका सबै साथिहरू आइसकेको र सबैले खाने कुरा पनि पाएको उनको भनाइ छ।

उनका अनुसार केहीलाई अहिले आर्मीले उद्धार गरेर लगिसकेको छ भने केहीको उद्धार हुने बबताइएको छ। टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको आक्रमणका क्रममा निधन भइसकेको सरकारले बताएको छ।

गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन्।

Tags: