post-slider post-slider

सर्वोच्चले सरकारलाई सोध्यो – ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरूद्ध किन मुद्दा नचलाएको?

Image
A A

काठमाडौं- ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरूद्ध मुद्दा नचलाइएको विषयमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा नेपाल, भट्टराई र पौड्यालविरूद्ध किन मुद्दा नचलाएको भन्दै सर्वोच्चले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो।

अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यौपाने र शर्माले ललिता निवास जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्रीद्वउ नेपाल र भट्टराई तथा पूर्वमुख्यसचिव पौड्यालविरूद्ध मुद्दा नचलाएको भन्दै सर्वोच्चमा रिट हालेका थिए।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, पूर्वप्रधानन्त्रीद्वय नेपाल र भट्टराई, पूर्वमुख्यसचिव पौड्याल, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई विपक्षी बनाइएको छ।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश शर्माको इजलासले ‘मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न’ भनेको छ।

 

Tags: