.png)

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ।
यो मूल्यवृद्धिसँगै काठमाडौंमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ।