post-slider post-slider

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नौ जनाको दाबी

Image
A A

काठमाडौं- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नौ जनाको दरखास्त स्वीकृत भएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले साउन २६ मा आवेदन माग गरेकोमा ९ जनाको आवेदन स्वीकृत भएको हो।

आवेदन स्वीकृत हुनेहरूमा प्रा.डा. संगीता सिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठ, डा. प्रवीण मिश्र, प्रा.डा. पियूष दाहाल, डा. विधान निधि पौडेल र प्रा.डा. श्रीकृष्ण गिरी छन्। त्यसैगरी, डा. प्रमोदकुमार यादव, डा. अञ्जलीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खालीको पनि दरखास्त स्वीकृत भएको सिफारस समितिले जनाएको छ। योग्यता अपुग भएकाले डा. वीरेन्द्रप्रसाद यादवको आवेदन भने रद्द गरिएको छ।

निर्धारित समयमा परेका आवेदनमध्ये ९ जना राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ अनुसार योग्यता पुगेकाको आवेदन स्वीकृत गरेको समितिले अब यिनैमध्येबाट उपाध्यक्ष चयन गर्नेछ।

आयोग चिकित्सा शिक्षाको नियमनकारी निकाय हो। मेडिकल कलेजहरूको अनुमतिदेखि नियमनसम्मको काम आयोगले गर्दै आएको छ।

Tags: