post-slider post-slider

मलेसियालाई २ रनले पराजित गरेर बंगलादेश सेमिफाइनलमा

Image
A A

काठमाडौं- चीनमा जारी एसियन खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित गरेर बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार खेलिएको चौथौं क्वार्टर फाइनलमा मलेसियालाई २ रनले पराजित गरेर बंगलादेश सेमिफाइनलमा पुगेको हो।

टस जितेर ब्याटिङ रोजेको बंगलादेशका ब्याटरहरूले कमजोर प्रदर्शन गरे। बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर जम्मा ११६ रनमात्रै बनाउन सक्यो।

११७ रनको जितको लक्ष्यसहित मैदानमा उत्रिएको मलेसिया कडा टक्करका बाबजुद सफलता हासिल गर्न सकेन।

मलेसिया २० ओभरमा ८ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्यो।

झिनो मतान्तरसहित जित हासिल गरेको बंगलादेश प्रतियोगिताको सेमिफाइनमा पुग्न सफल भएको छ।

बंगलादेशका तर्फबाट कप्तान सैफ हसनले सर्वाधिक ५० रन बनाए। दुवै ओपनरलाई शून्यमा गुमाएका बंगलादेशका अफिफ हुसेनले २३ र सहादत हुसेनले २१ रन जोडे।

मलेसियाका तर्फबाट ब्याटिङ गर्दै वीरेनदीप सिंहले सर्वाधिक ५२ रन बनाए। त्यस्तै सैयद अजिज २०, विजय उन्नी १४ रन बनाएर आउट भए।

भारत, पाकिस्तान र अफगानिस्तान यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।

 

Tags: