post-slider post-slider

अब धान आयात रोकौं, त्यसका लागि जग्गा बाँझो राख्नु हुन्न : मन्त्री भुसाल

Image
A A

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले धान आयात रोक्न जमिन बाँझो राख्न नहुने बताएका छन्। देशभर खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर बाँझो रहेको उल्लेख गर्दै उनले ती जमिनको उपयोग गर्नुपर्ने बताए।

समाजवादी सहकारी सङ्गठन नेपालको बागमती प्रदेशस्तरीय भेलामा मन्त्री भुसालले धान आयात रोक्न बाँझो जमिनमा खेती गर्नुपर्नेमा जोड दिँदै त्यस कार्यका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरिएको बताए।

सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेतीयोग्य बनाइने विश्वास दिलाउँदै उनले सामूहिक खेतीको अवधारणा पनि अघि बढाउन आवश्यक रहेको बताउनुभयो। किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको उनको भनाइ थियो।

 

Tags: