प्रहरीको सुरक्षाबीच बन्चरे डाडाँ लगियो फोहोर
काठमाडौं- केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरे डाडाँ लगिएको छ।
साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरे डाडाँ लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा आज लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।
काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ।