post-slider post-slider

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

Image
A A

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने भएको छ।

२०७९ सालमा सञ्चालन भएको एसइईको नतिजा बोर्डले सार्वजनिक गर्न लागेको हो।

नतिजा सार्वजनिक गर्न अपराह्न बोर्डको बैठक बोलाइएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै समस्या नआए आज नतिजा सार्वजनिक गरिने जानकारी दिए।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मलित थिए।

तीमध्ये सबैभन्दा बढी बागमती प्रदेसका १ लाख २ हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेसका ३८ हजार ६०८ परीक्षार्थी छन्।

बोर्डले एसइईको नतिजा हेर्ने तरिकाबारे बुधबार सार्वजनिक सूचना प्रकाशन गरेर सर्वसाधारणलाई जानकारी गराएको छ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ। जसमध्ये १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ।

 

Tags: