post-slider post-slider

मनाङ एयर हेलिकप्टर दुर्घटना : सवार सबै जनाको मृत्यु

Image
A A

काठमाडौं- मनाङ एयरको हेलिकप्टर दुर्घटनामा सबार सबै जनाको मृत्यु भएको छ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयर हेलिकप्टर दुघटनामा चालकसहित सबार सबै यात्रुको मृत्यु भएको हो।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको जानकारी दिएको छ।

हेलिकप्टरमा चालकसहित पाँच जना मेक्सिकन नागरिक सवार रहेको जनाइएको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाको शव भेटिएको जानकारी दिए।

भट्टराईका अनुसार उद्धारका लागि घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप टोली सदरमुकामबाट बोलाइएको छ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा पास नजिकै दुर्घटनाग्रस्त भएको हो।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको हेलिकप्टर सुर्केमा अवतरण गरिएको थियो।

यात्रुलाई सुर्केसम्म गाडीबाट ल्याएर काठमाडौंका लागि उडाइएको थियो।

हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टारवरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो।

 

Tags: