post-slider post-slider

प्रधानमन्त्री कृषि कार्यक्रममा भ्रष्टाचार : बोदेबर्साइनका मेयरसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंहसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित ८ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

परियोजना सञ्चालनमा अनियमितता गरेको आरोपमा मेयर सिंहसचि पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोजकुमार मण्डल, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चोधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरूद्ध भ्रष्टाचार मुद्दा भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

दायर गरिएको मुद्दामा प्रत्येकसँग १४ लाख ७१ हजार ९२९ रूपैयाँ बिगोदाबी गरिएको छ।

नगरपालिकाबाट आर्थिक वर्ष २०७७÷७८ मा प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि विनियोजन भएको अनियमितता भएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धान हुँदा परियोजनाअन्तर्गत बोदेबर्साइन–६ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रम सञ्चालन नै नभएको जानकारी हुँदासमेत जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको पाइएको अख्तियारले जनाएको छ।

 

Tags: