post-slider post-slider

नागरिकको गोपनीयताप्रति प्रतिबद्ध छौं : एनसेल

Image
A A

काठमाडौं- एनसेलले नागरिकको गोपनीयताप्रति कम्पनी प्रतिबद्ध रहेको प्रस्ट पारेको छ। 

एनसेलले ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ भन्ने शीर्षकमा एक राष्ट्रिय पत्रिका र सोही पत्रिकाको अनलाइन न्युज पोर्टलमा बिहीबार प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै एनसेलले यस्तो बताएको हो।

नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरेर समाचार प्रकाशित गरिएको उसको भनाइ छ।

‘यो कम्पनीको प्रतिष्ठामा आँच पु¥याउने गम्भीर प्रयास भएको र केही सीमित समूहको निहीत स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको हो भन्ने हाम्रो विश्वास छ। यस्ता झुटा, आधारहीन, भ्रामक र असन्तुलित समाचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं,’ एनसेलले शुक्रबार विज्ञप्ति जारी गरेर भनेको छ।

एनसेल नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनी रहेको र ग्राहकको गोपनीयतामा कम्पनीले नेपालको कानुन पूर्ण पालना गर्दै आएको एनसेलले प्रस्ट पारेको छ।

‘ग्राहकको गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो। हामी यसलाई दायित्वको रूपमा मात्रै नभइ हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीको रूपमा हेर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

यस्तो छ एनसेलको प्रष्टिकरण  :

. हामी ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं। समाचारमा उल्लेख भएझैं हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन। न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं।

. एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैं टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० सँग इन्टिग्रेट / कनेक्ट अर्थात जोडेको छैन। कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं।

. हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं। ग्राहक गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो।

. टेरामक्स अध्ययनको निष्कर्षका आधारमा हाम्रो निर्णय हुनेछ। जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं।

 

Tags: