जलाधार सुधार परियोजनाका लागि सरकारले २० करोड अनुदान स्वीकार गर्ने
काठमाडौं- सरकारले जलाधारको पुनरुत्थान र जीवीकोपार्जन सुधार परियोजनाका लागि २० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व वातावरण सुविधा (जीईएफ)बाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको उनले बताइन्।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।