post-slider post-slider

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।

ललितपुर सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठकमा आगामी माघ ११ गते हुनलागेको राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताए।

आम निर्वाचनजस्तै राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन बनाएर भाग लिने विषयमा निर्णय केन्द्रीय समिति बैठकबाट औपचारिक निर्णय हुनसक्ने उनको भनाइ छ।

त्यस्तै यसअघि पदाधिकारी, कार्यसम्पादन समितिलगायतकाबैठकबाट भएका निर्णयहरूसमेत अनुमोदन हुनसक्ने बताइएको छ।

बुधबार सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वयलगायतका पदाधिकारीहरूबीच राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको थियो।

पदाधिकारीहरूबीच भएको छलफलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बनाएरै जाने निर्णय गरेको थियो।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अहिलेकै गठबन्धनबाट राष्ट्रियसभा चुनावमा जाने निर्णय भएको बताए।

प्रतिनिधिसभा र स्थानीय तह निर्वाचनमा मिलेर प्रतिस्पर्धा गरेको र सरकार सञ्चालनमा पनि सहकार्य भइरहेकाले पनि राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धनविना जानु उपयुक्त नहुने उनको भनाइ छ।

 

Tags: