post-slider post-slider

भारतीय फिल्म प्रदर्शनमा तत्काल रोक नलगाउन अदालतको आदेश

Image
A A

काठमाडौं- उच्च अदालत पाटनले काठमाडौंका सिनेमा हलहरूमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धरबहादुर चन्दको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।

भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएको कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालतले अल्पकालीन आदेश दिएको हो।

यो विषयमा अन्तरिम आदेशसम्बन्धी छलफलका लागि अदालतले १२ असारमा दुवै पक्षलाई बोलाएको छ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने वाक्यांश समावेश भएको र त्यसलाई भारतमा समेत नहटाइएकोले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले महानगरभित्र भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका थिए।

मेयर साहको यो निर्णयविरूद्ध चलचित्र संघ अदालत गएको थियो।

Tags: