post-slider post-slider

पश्चिमी वायु र छत्तिसगढको न्यूनचापीय क्षेत्रका कारण नेपालको मौसममा असर

Image
A A

काठमाडौं- नेपालमा पश्चिमी वायु र भारतको छत्तिगढमा अवस्थित न्यूनचापीय प्रणालीका कारण मौसममा आंशिक प्रभाव परेको छ।

मौसममा परेको प्रभावका कारण चिसो बढेको हो।

मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिबाहेकका अन्य प्रदेसमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेसमा भने मौसम सफा रहेको छ।

विभागले जनाएअनुसार कोसी प्रदेसका सबै भूभाग र मधेस प्रदेसका एक दुई स्थानमा छिटफुट वर्षा भइरहेको छ। 

यो क्रम बेलुकासम्म नै रहने विभागले बताएको छ।

छिटफुट वर्षा भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको विभागले जनाएको छ।

विभागका अनुसार काठमाडौं उपत्यकाको मौसम धुम्म भए पनि वर्षाको सम्भावना छैन।

शुक्रबारदेखि मौसममा सुधार हुँदै जाने विभागले जनाएको छ।

 

Tags: