post-slider post-slider

एक वर्षमा मधेस सरकारको उपलब्धि : ‘३५ किलोमिटर कालोपत्रे सडक’

Image
A A

काठमाडौं- मधेस प्रदेस सरकारले एक वर्षको अवधिमा गरेका कामहरूको प्रगति विवरण सार्वजनिक गरेको छ।

बुधबार ‘स्वाभिमान दिवस’ मनाउने घोषणा गरेको प्रदेस सरकारले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो।

जसपा नेता सरोजकुमार यादव गत वर्ष २९ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए। जनकपुरधाममा आयोजित एक समारोहका बीच आफ्नो एक वर्षको कार्यकालमा सरकारले हासिल गरेका उपलब्धिहरू उनले सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री यादवले गत कात्तिक २३ गते नेपालको संविधानको अनुसूची ६, ७ र ९ बमोजिम संघ सरकारलाई गराइएको ६ बुँदे ध्यानाकर्षणलाई सरकारको प्रगति विवरणमा समेटेका छन्।

त्यस्तै प्रहरी समायोजनलगायतका अधिकारहरू  तत्काल हस्तान्तरका लागि मंसिर २० गते प्रदेससभाबाट संकल्प प्रस्ताव पारित, यो संकल्प प्रस्ताव प्रधानमन्त्री तथा राष्ट्रिय दलका अध्यक्षहरूलाई मधेस सरकारका तर्फबाट ध्यानाकर्षण गराइएको विषय पनि सरकारको उपलब्धिमा समावेश गरिएको छ।

मुख्यमन्त्री यादवले एक वर्षको अवधिमा सरकारले हासिल गरेको भौतिक विकासको विवरण पनि सार्वजनिक गरेका छन्।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालालाई प्रदेस गौरवको योजनाको रूपमा राखेर अन्तर्राष्ट्रियूतको रंगशालाको रूपमा निर्माण कार्य सुरू गरिएको, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत ३५ किलोमिटर कालोपत्रे सडक निर्माण, ८ वटा पुल निर्माण, प्रादेशिक सडक सञ्जाल निर्माणका लागि गुरु योजना निर्माणलगायतका कार्य भएको प्रगति विवरणमा उल्लेख छ।

यस अवधिमा सिँचाइका विभिन्न पाँचवटा योजनाहरू सम्पन्न भएर १ हजार १४० हेक्टर जग्गा सिंचित गरिएको, भूमिगत सिंचाइतर्फ ४५ वटा डिप ट्युबवेल र १५ वटा पावर ड्रिलर निर्माण भइ करिब ९८० हेक्टर जग्गामा थप सिंचाइ सुविधा उपलब्ध गराइएको मुख्यमन्त्री यादवले बताए।

प्रदेसस्तरका नदी तथा खोला नियन्त्रण कार्यअन्तर्गत ८ वटा जिल्लामा ८१० किलोमिटर सम्पन्न भइ ८५० हेक्टर जग्गा उकास भएको र ८ वटा अति जोखिमयुक्त बस्तीहरूको संरक्षण भएको प्रगति विवरणमा भनिएको छ।

प्रदेस सरकारमार्फत सञ्चालित जलेश्वर, पोखरिया, भारदह र डुमरिया अस्पताललाई ५० बेडमा स्तरोन्नति, नारायणी अस्पताल, बीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र प्रादेसिक अस्पताल जनकपुरमा २५ / २५ बेड र कलैया, गौर, मलंगवा, जलेश्वर र सिरहा अस्पतालमा १५ / १५ बेडको एचडियु स्थापना गरिएको यादवले जानकारी दिए।

प्रदेस सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि प्रदेसमा बसोवास गर्ने व्यत्तिहरूको औसत आयु ७१.५ वर्ष पुगेको र बाल तथा मातृ मृत्यु दरमा सुधार आउनु महत्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री यादवले बताए।

Tags: