post-slider post-slider

हेटौंडा सिमेन्ट उद्योगको घाटा ९० करोड

Image
A A

काठमाडौं- आर्र्थिक समस्या झेल्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९÷८० मा पनि रू. ११ करोड १५ लाख घाटा बेहोरेको छ।

आर्थिक वर्ष २०७४÷७५ पछि हेटौंडा सिमेन्ट उद्योगले निरन्तर घाटा बेहोर्दै आएको हो।

संस्थाका अनुसार उद्योग हालसम्म रू. ९० करोडको घाटामा चलिरहेको छ। आर्थिक वर्ष २०७४ / ७५ मा उद्योगले १ लाख ९ हजार ७९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो।

जसमध्ये १ लाख ६ हजार ३३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने रू. १ अर्ब ६८ करोड ३८ लाख ६४ हजार ९१७ आम्दानी गरेर रू.१ अर्ब ५२ करोड २६ लाख ४९९ नाफा कमाएको थियो।

यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्कक छ।

२०७५ / ७६ मा उद्योगले एक लाख ९६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो।

यसमा रू. १ अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ आम्दानी गरेकोमा रू. एक अर्ब ६५ करोड २५ लाख ५९ हजार ४५४ खर्च भइ एक करोड पाँच लाख ४१ हजार एक सय ३६ नोक्सानी बेहोरेको थियो।

यसमा रू १ अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ आम्दानी गरेकोमा रू. एक अर्ब २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ खर्च भइ रू. २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो।

यस्तै आब २०७७ / ७८ मा उद्योगले ८९ हजार २ सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा १२ हजार ६८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा १ अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी भएकोमा १ अर्ब ३९ करोड ५२ लाख ८८ हजार ७११ खर्च भएर १७ करोड ४ लाख ४० हजार ६६९ घाटा भएको थियो।

यसैगरी २०७८ / ७९ मा उद्योगले ८५ हजार २५६ मेट्रिक टन सिमेन्ट उत्पाखदन गरेकोमा ८० हजार ६९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो।

यसमा १ अर्ब ४ करोड ३४ लाख ८६ हजार २९५ आम्दानी गरेकोमा १ अर्ब २७ करोड ५५ लाख १० हजार ९६९ घाटा भएको थियो।

आब २०७९ / ८० मा १ अर्ब २ करोड ३९ लाख ८४ हजार ८४० आम्दानी सफल गरेको उद्योगल १ अर्ब १३ करोड ५५ लाख ४८ हजार २३५ खर्च गरेको थियो।

यो आर्थिक वर्षमा उद्योगलाई ११  करोड १५ लाख ६३ हजार ३९५ घाटा भएको छ।

उद्योगमा कच्चा पदार्थको अभाव र पुरानो ऋण र्नि नसक्दा बारम्बार बन्द हुँद आएको छ।

सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको बताइएको छ।

उद्योगलाई गतिशील बनाउने उद्योग मन्त्रालयमा योजना प्रस्तुत गरिए पनि जबाफ नआउँदा कठिन भएको उद्योगका महाप्रबन्धकले बताएका छन्।

उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका समस्या रहेको बताइएको छ।

 

 

Tags: