post-slider post-slider

एनसेल सेयर खरिदबिक्री प्रकरण : राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न सरकारलाई निर्देशन

Image
A A

काठमाडौं- संसदको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेल सेयर खरिदबिक्रीसम्बन्धमा कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले छानबिन समितिको प्रतिवेदनलाई समेत आधार बनाइ प्रचलित कानुनबमोजिम एनसेलले राज्यलाई तिर्नुपर्ने कर र गैरकर असुलउपर गर्न सरकारलाई निर्देशन दिएको हो।

मंगलबार एनसेल सेयर खरिदबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।

त्यस्तै समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म यसको सेयर कारोबारका लागि कुनै पनि स्वीकृति तथा सहमति नदिन पनि सरकारलाई निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए।

समितिले दूरसञ्चार ऐन र नियमावली समयसापेक्ष ल्याउन सरकारलाई निर्देशन दिनुका साथै २०८६ मा एनसेललाई सरकारको मातहत ल्याउन पहल गर्न पनि निर्देशन दिएको छ।

समितिको बैठकमा सांसदहरूले एनसेल सेयर खरिदबिक्रीका विषयमा प्रधानमन्त्रीकै परिवारको संलग्नता रहेको कुरा बाहिर आएको भन्दै प्रष्ट पार्नुपर्ने भन्दै प्रचण्डसँग प्रश्न गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले एनसेल सेयर खरिदबिक्री अस्भाविक भएको र कानुनविपरित जाने जो कोहीलाई हदैसम्मको कारबाही हुने प्रतिबद्धता जनाएका थिए।

 

Tags: