post-slider post-slider

सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथ ग्रहण

Image
A A

धनगढी- सुदूरपश्चिम प्रदेशका दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरू रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए। राज्य मन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन्।

Tags: