post-slider post-slider

अर्जेन्टिना लगातार तेस्रो जितसहित कोपा अमेरिकाको क्वाटरफाइनलमा

Image
A A

काठमाडौं- अर्जेन्टिनाले जारी कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए। उनले खेलको ४७ र ८६ मिनेटमा गोल गरेका थिए। उनको यस कोपामा कुल चार गोल गरेका छन्।

यो जितपछि अर्जेन्टिनाले समूह ए मा ३ खेलमा ९ अंक हासिल गर्दै शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ। 

त्यस्तै, समूह ए बाट क्यानडा क्वाटरफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समूहमा दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ। 

यो सँगै समूह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन्।

Tags: