post-slider post-slider

विद्यापतिको सालिकमा तोडफोड

Image
A A

जनकपुरधाम- रौतहटको गौरस्थित महाकवि विद्यापतिको सालिकमा तोडफोड भएको छ।

गौर नगरपालिकामा रहेको विद्यापितको सालिक अज्ञात समूहले तोडफोड गरेको हो।

सालिकको टाउको फुटाएर अज्ञात समूहले  नजिकै रहेको पोखरीमा फालेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पोखरीबाट विद्यापित सालिकको टाउको फेला पारेको छ।

स्थानीयवासीहरूले गैरसमाजिक क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन्।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

महोत्तरीको हर्दिया घर भएका उदयकान्त झाको व्यक्तिगत लगानीमा २०६४ सालतिर गौरमा विद्यापतिको सालिक निर्माण भएको थियो।

मैथिली भाषाका महाकवि विद्यापितको जन्म  वि.संं. १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको बिहार राज्यको दरभंगा जिल्लाको विसफी भन्ने गाउँमा भएको बताइन्छ।

यद्यपि उनको जन्म मिति र जन्मस्थलबारे  आधिकारिक रूपमा यकिन हुन नसकेको मैथिली साहित्यकारहरू बताउँछन्।

कात्तिक धवल त्रयोदशीमा उनको जन्म भएको थियो। उनको जन्मदिवसको अवसरमा गत मंसिर ९ गते नेपाल तथा भारतका विभिन्न स्थानमा ‘विद्यापति स्मृति पर्व’ मनाइएको थियो।

कवि कोकिल विद्यापतिलाई भारतको बिहार, पश्चिम बंगालका साथै नेपालले पनि आफ्नो देशको राष्ट्रिय विभूतिको रूपमा सम्मान दिँदै आएको छ। उनलाई बंगालीहरूले पनि आफ्नो कवि मान्छन्।

नेपाल र भारतले उनको तस्बिर अंकित हुलाक टिकटसमेत प्रकाशन गरेको छ।

 

Tags: