post-slider post-slider

मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली, गृहजिल्लामा अन्तिम संस्कार

Image
A A

काठमाडौं- सूदुरपश्चिम प्रदेसका प्रदेस प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले जिप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्।

बुधबार धनगढी रङ्गशालामा राखिएको सिंहको पार्थिव शरीरमा प्रदेसका मन्त्रीहरू, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्वसभामुख अर्जुनबहादुर थापा, प्रदेससभा सदस्यहरू, आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरूले श्रद्धाञ्जली दिएका हुन्।

मन्त्री सिंह चढेको सुपप्र ०१९००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट बझाङ जाँदै गर्दा मंगलबार बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो।

मन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला जान लागेका मन्त्री सिंह दुर्घटनामा परेका थिए।

उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो। अस्पतालले साँझ साढे पाँच बजेतिर मन्त्री सिंहलाई मृत घोषणा गरेको थियो।

मन्त्री सिंहको पार्थिव शरीर दाहसंस्कारका लागि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ लगिने मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन्।

दुर्घटनामा परी मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको पनि निधन भएको छ।

मन्त्री सिंहसहित तीनै जनाको दाहसंस्कार गृहजिल्ला बझाङमै गरिने बताइएको छ।

मन्त्री सिंहको निधनको शोकमा प्रदेस सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।

 

Tags: