post-slider post-slider

मुगु सदरमुकाम गमगढी बजारका ८ घर आगलागीबाट जलेर नष्ट

Image
A A

मुगु- मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ। राति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए। तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल,  प्रदीप रावल र  पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ। 

त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा,  उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण क्षति पुगेको छ। 

विसं २०७८ कात्तिक २९ गते पिन गमगढी बजारको तल्लो बजारमा  आगलागी हुँद १९ घर जलेर नष्ट  भएका थिए।

Tags: