post-slider post-slider

सशस्त्रका डिएसपीमाथि आक्रमण

Image
A A

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिकामा सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि आक्रमण भएको छ।

सरकारले शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोलीमाथि अस्थानीयहरूले आक्रमण गरेका हुन्।

जिल्ला सुरक्षा समिति काठमाडौंले त्यहाँ निर्माण हुने विद्युत सब–स्टेशन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेका थियो।

प्रहरीले आक्रमणमा संलग्न चार जनालाई नियन्त्रणमा लिइ कारबाही अगाडि बढाएको छ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि सब–स्टेशन निर्माण गर्न लागिरहेको छ।

सब–स्टेशन निर्माणका लागि आवश्यक जग्गा ५० जना जग्गाधनीहरूबाट ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ।

जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकमसमेत बुझिसकेका छन्। मुआब्जा तथा क्षतिपूर्तिवापत करिब ५० करोड रूपैयाँ वितरण गरिएको छ।

तर, राष्ट्रिय सीमान्तकरणविरूद्ध अभियान (समान नेपाल) नामक सञ्जालको अगुवाइमा जग्गाधनीहरूभन्दा पनि असम्बन्धित व्यक्तिहरूले सब–स्टेशन निर्माणमा अवरोध गरिरहेको बताइएको छ।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले पटकपटक छलफल गरे पनि सहमति हुनसकेको छैन।

मानव बस्तीमा सब–स्ेटशन निर्माण गर्न नहुने र यसअलाई अरू ठाउँमा सार्नुपर्ने माग राख्दै समान नेपालको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आइरहेको छ।

 

Tags: