post-slider post-slider

कोजाग्रत पूर्णिमा मनाइँदै, जनकपुरको जानकी मन्दिरमा श्रद्धालुको घुइँचो

Image
A A

जनकपुरधाम- मिथिला क्षेत्रमा पान र मखानको पर्वको रूपमा चिनिने कोजाग्रत पूर्णिमा शनिबार उल्लासपूर्वक मनाइँदैछ।

यस अवसरमा हिन्दु धर्मावलम्वीहरू भगवानलाई पान, मखान, मिठाइलगायतका सामग्रीले पूजाआजा गर्ने गर्दछन्।

कोजाग्रात पूर्णिमाको दिन जनकपुरको जानकी मंदिरमा विशेष पूजाअर्चना गर्ने गरिन्छ।

महोत्तरीको रतौलीबाट उपहार स्वरुप आएको एक सय एक भार (पाहुर) विभिन्न समाग्रीहरु जानकी मंदिरमा आउने प्रचलन रहको छ।

पाहुरमा विभिन्न प्रकारका मिष्ठान, फलफूल, दही, लुगालगायतका समाग्री रहने गरेको छ।

वर्षौदेखि महोत्तरीको रतौलीबाट कोजाग्रत पूर्णिमाको दिन पाहुर पठाउने परम्परा रहेको छ।

कोजाग्रत पूर्णिमाको अवसरमा साँझ भगवानलाई मंदिरको गर्भगृहबाट बाहिर प्रांङणमा राखेर विशेष नाचगान र पूजा गर्ने परम्परा रहेको जानकी मंदिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए।

हिन्दू धर्मावलम्वीहरू कोजाग्रत पूर्णिमाको दिन घरघरमा पनि भगवानलाई पान, मखान तथा मिठाईले पूजा गर्ने गर्दछन्।

खासगरी मैथिल ब्राम्हण, कायस्तलगायतका जातिमा यस अवरमा नवविवाहिताहरूको घरमा माइतीबाट पान, मखान, मिठाइलगायतका समाग्री सहित पाहुर पठाउने परम्परा रहेको छ। 

स्वर्गमा समेत नपाउने पान मखान मिथिलामा मात्र पाइने पौराणीक मान्यता रहेको छ।

भगवान राम ससुराली जनकपुरमा रहेको बेला पूर्णिमाको दिन पान, मखान खाएको जनविश्वास सहित कोजाग्रत पूर्णिमालाई यस क्षेत्रमा विशेष महत्वका साथ हेर्ने गरिन्छ ।  

 

Tags: