post-slider post-slider

गोलभेँडाको मूल्य घट्दा अन्य तरकारीको मूल्य कति?

Image
A A

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार ठूलो गोलभेँडाको न्यूनतम् मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ। नेपाली सानो गोलभेँडा ५८ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरिएको छ। 

घिउ सिमी लोकल ८०, भन्टा डल्लो ८०, तने बोडी ८०,मकै बोडि ९०, भटमास कोशा १००, तितो करेला ८०, लौका ६०,लोकल परवल ५५,घिरौँला ६०, हरियो फर्सी ८०,फर्सी पाकेको ४५, स्कूस ५०, कन्यच्याउ १५०, डल्ले च्याउ ३५०,कुरीलो ४५०,ब्रोकाउली १५०,काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ।

त्यस्तै, आजका लागि केरा दर्जनको १४० रुपैयाँ,स्याउ फूजी ३५०, अनार ३००,आँप दशहरी २२०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १२०, नासपाती लोकल ७०, मेवा भारतीय ८०, किवी ७०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम् मूल्य तोकिएको छ।  

 

Tags: