post-slider post-slider

इजरायल-हमास लडाइँ मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

Image
A A

काठमाडौं- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा ११ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो। इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ७०० बढी नागरिकको मृत्यु भएको बताएको छ।

यस्तै, प्यालेस्टाइनीहरूले गाजामा आफ्ना ४१३ भन्दा बढी नागरिकको मृत्यु भएको बताएको बीबीसीले जनाएको छ।

आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ।

अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ।

गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृध गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।

Tags: