post-slider post-slider

भारतमा विधानसभा निर्वाचन : बिजेपीको ‘शानदार’ प्रदर्शन

Image
A A

काठमाडौं- भारतको चार राज्यमा भएको चुनावमा केन्द्रमा सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) ले बहुमतसहितको जित हासिल गरेको छ।

मतगणनाको नतिजा अन्तिम चरणमा पुग्दा भाजपाले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरूमा बहुमत हासिल गर्न गरेको हो।
जारी मतगणनाअनुसार मध्यप्रदेस, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेकोछ।

मध्यप्रदेसमा आफ्नो सरकारलाई जोगाएको मात्र छैन भाजपाले त्यहाँ थप सिट जितेको छ।

मध्यप्रदेसमा यसअघि पनि भाजपा नेतृत्वकै सरकार रहेको थियो।

त्यस्तै राजस्थान र छत्तिसगढमा पनि उसले जित हात पारेको थियो। यी दुवै राज्यमा यसअघि कांग्रेसको सरकार थियो।

नोभेम्बरमा चरणवद्ध रूमा मध्यप्रदेस, राजस्थान, छत्तिसगढ, तेलंगाना र मिजोरममा विधानसभा निर्वाचन भएको थियो।

मिजोरमबाहेकका चारवटा प्रदेसको मतगणना आइतबार एकैसाथ भएको हो।

मतगणना भएका चारवटा राज्यमध्ये तीनवटा भाजपा र दक्षिणी राज्य तेलंगानामा कांग्रेसले जित हासिल गरेको छ।

अबको साढे ५ महिनापछि भारतमा केन्द्रीय निर्वाचन हुँदैछ। त्यसअगाडि भएका विधानसभा निर्वाचनले केन्द्रीय चुनावको तस्बिरको रूपमा हेरिँदै आएको थियो।

विपक्षी दल कांग्रेसको नेतृत्वमा रहेको छत्तिसगढ र राजस्थानमासमेत जित हात परेपछि भाजपा उत्साहित देखिएको छ।

चुनावको नतिजापछि भाजपाका कार्यकर्ताहरू केन्द्रीय र सम्बन्धित प्रदेसका कार्यालय पुगेर खुसियाली मनाइरहेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी नयाँदिल्लीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।

उनले विपक्षी ‘इन्डिया’ गठबन्धनमाथि देशलाई जातिको हिसाबले बाँड्न खोजेको आरोप लगाए।

भाजपा नेतृत्वको केन्द्र सरकारले अगाडि बढाइरहेको विकास कार्यलाई हेरेर मतदाताहरूले विधानसभा निर्वाचनमा मतदान गरेको उनको भनाइ थियो।

मोदीले विधानसभा निर्वाचनमा भएको जित ऐतिहासिक रहेको बताए।

 

Tags: