नयाँ सरकारका लागि एमाले-कांग्रेसका सांसदको हस्ताक्षर
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गर्नासाथ सरकारको दाबी पेश गर्न दुवै दलका सांसदहरूले हस्ताक्षर गरेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबी पेश गर्ने निवेदनमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति पौडेलले दाबी पेश गर्नासाथ नयाँ सरकार गठन गर्ने तयारी रहेको बुझिएको छ।