post-slider post-slider

पार्टीको बैठकबाट निस्कने क्रममा भौतिकमन्त्री बालकुमारी प्रदर्शनमा फस्नु भएको हो : माधव नेपाल

Image
A A

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामग्रीक योजना बनाउन नसक्दा मुलुकले विकासको गति लिन नसकेको बताएका छन्।

नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पार्टीको बैठकबाट बाहिर निस्कने सिलसिलामा भौतिकमन्त्री प्रकाश ज्वाला बालकुमारीमा भइरहेको प्रदर्शनमा फसेको नेपालले बताए।

बालकुमारी घटना दुःखद रहेको बताउँदै यसमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जिकिर गरे।

नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले मुलुकको समस्या हल नहुने बताए।

मुलुकको समस्या भ्रष्टाचारको अन्त्यबाट मात्र समाधान हुने उनको भनाइ छ।

गफले होइन कामले देश बन्ने बताउँदै उनले प्राथमिकताअनुसार सामग्रीक सोच बनाउनुपर्नेमा जोड दिए।

व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य परिवर्तन गर्न सरकारले अझ धेरै काम गर्न जरूरी रहेको उनले बताए।

नेपालले भ्रष्टाचार उन्मुलन गरेर जनतालाई रोजगारीको प्रत्याभूति गर्नतर्फ काम गर्न आवश्यक रहेको उल्लेख गरे।

 

Tags: