झाडापखला बालबालिकाको वृद्धि विकासमा रोकावट
काठमाडौं । झाडापखालाका कारण बालबालिकाको वृद्धि विकास कम भएको एक अध्ययनले देखाएको छ ।
लिड्स नेपालले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक नगरपालिका र भुम्लु गाउँपालिकामा गरिएको अध्ययनले ५ वर्ष मुनिका बालबालिकामा झाडापखला लागे उचाई कम हुने देखाएको छ।
उक्त अध्ययन ५५० जना बच्चामा गरिएको थियो । ति बालबालिकामध्ये ५० प्रतिशत गोबर ग्यास प्रयोगकर्ता परिवारका र ५० प्रतिशत दाउरा प्रयोग गर्ने परिवारका बालबालिका थिए।
यस अध्ययनले दाउरा बाल्ने भन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढि झाडापखला लाग्ने देखाएको छ ।
गोबर ग्यास प्रयोगकर्ताहरुलाई सरसफाईमा ध्यान नदिदा साबुन पानीले हात नधुँदा झाडापखला बढि लागेको हुनसक्ने अनुसन्धानकर्ता अमोद पोखरेलले बताए ।
अध्ययनले गोबर ग्यास प्रयोगकर्ता परिवारको बालिका भन्दा अझै धेरै बालकमा झाडापखला लागेको देखाएको उनले बताए ।