post-slider post-slider

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित तीन जना क्यानेडियन पक्राउ

Image
A A

काठमाडौं, चैत १५- अवैध रूपमा लुकाएर बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ।

पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्‍वाङ पाल्मु लामा रहेका छन्।

एयर इण्डिगो एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

उनीहरूको ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा २७ हजार ४ सय २८ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा १ हजार ४ सय ८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका १ सय १० थान गरी जम्मा ५५ हजार भारतीय रुपैयाँ फेला परेको थियो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारवाहीको राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

Tags: