post-slider post-slider

सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपतिकहाँ, आजै नयाँ सरकार आह्वान हुने

Image
A A

काठमाडौं- सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज लिएको विश्वासको मतमा केवल ६३ मत मात्र प्राप्त गरेपछि उनी पदमुक्त भएका थिए।

सो व्यहोराको पत्र संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ। अहिले सो पत्र राष्ट्रपति कार्यालय पुगिसकेको बताइएको छ।

संसद सचिवालयको पत्र पुगेसँगै आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्ने भएका छन्।

साथै, कांग्रेस र एमालेले राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नासाथ आजै नयाँ सरकारको दाबी पेश गर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमक्तु भएसँगै शितल निवास पुगेका छन्। 

संसदमा विश्वासको मत गुमाएसँगै प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नका संघीय संसद् भवनबाट सिधै शितलनिवास पुगेका हुन्।

उनी प्रधानमन्त्रीको निवास बालुवाटार छोडेर खुमलटार सरिसकेका छन्।

Tags: