post-slider post-slider

अडानी फेरि बने एसियाको सबैभन्दा धनी व्यक्ति

Image
A A

काठमाडौं- भारतका व्यवसायी गौतम अडानी एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन्।

बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सुचीअनुसार अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बनेका हुन्।

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्गको रिसर्च प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा १५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो।

प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो।

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बनेका परिवारद्वारा सञ्चालित समूहका संस्थापक अडानीको व्यक्तिगत सम्पत्ति करिब ८० अर्ब डलरले घटेको थियो।

यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उनको व्यवसाय दुवैले ती घाटामध्ये अधिकांशलाई कम गरेका छन्।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार यस साता अडानीको कूल सम्पत्ति करिब ७ अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ।

उनको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ।

मापनअनुसार यी दुवै जना अहिले विश्वको १२ औं र १३ औं सबैभन्दा व्यक्ति हुन्।

भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरलाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यससाता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको सेयर उकाले लागेको छ।

 

Tags: