post-slider post-slider

व्यापारी राकेश अड्डकियाका छोरा रोहन पक्राउ

Image
A A

काठमाडौं- सय किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अड्डकियाका छोरा रोहन पक्राउ परेका छन्।

रोहनलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेको हो।

अध्यागमन कार्यालयले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।

रोहन भारतीय राहदानी प्रयोग गरेर इन्डिगो एयरलाइन्सबाट नेपाल आएका थिए।

असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’ भित्र राखेर सुन तस्करी हुँदा राकेश अड्डकिया पनि मुछिएका छन्।

सुन तस्करी प्रकरणमा नाम जोडिएपछि उनी फरार रहँदै आएका छन्।

अड्डकियाले पछिल्ला ९ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो।

सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका छन्।

 

Tags: