post-slider post-slider

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

Image
A A

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए।

त्यहाँबाट छुट्दा जिल्ला अदालत काठमाडौंमा स्वयम् हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेनन्। 

जिल्ला प्रहरी कास्कीको हिरासतबाट मुक्त भएपछि काठमाडौं आइपुग्दा उनी शुक्रबार अबेर भएकाले अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन्।

‘आइतबार भने उहाँ स्वयम् जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु हुने छ,’ उनले जानकारी दिँदै भनिन्।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलन सम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएको थियो। 

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ। यो मुद्दामा रवि, जिबी राई, छविलाल जोशी, कुमार रम्तेल मुख्य प्रतिवादी छन्।

Tags: