post-slider post-slider

बलात्कार मुद्दामामा दोषी ठहर भएका लामिछानेको साजय तोकिँदै

Image
A A

काठमाडौं- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय अदातले आज तोक्दैछ।

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दाका दोषी लामिछानेको सजाय तोक्न लागेको हो।

यसअघि जिल्ला अदालत काठमाडौंले १३ पुसमा बलात्कार मुद्दामा लामिछाने दोषी भएको ठहर गरेको थियो।

उनीविरुद्ध सजाय तोक्नका लागि आज पेसी तोकिएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी बलात्कारसम्बन्धी मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

उनले पीडित युवतीको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको फैसला छ।

यता लामिछाने जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै थप कानुनी उपचारका लागि उच्च अदालत जाने तयारी गरेका छन्।

उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जिल्ला अदालतको फैसला चित्त बुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका छन्।

क्रिकेटर लामिछानेले जबरजस्ती करणी गरेको जाहेरी प्रहरी वृत्त गौशलामा दिएपछि उनीविरुद्ध मुद्दा सुरु भएको थियो।

 

Tags: