![post-slider](/assets/imgs/ads/1140x100 (2).png)
![post-slider](/assets/imgs/ads/NariBachat900x100.gif)
स्याङ्जामा चक्कु प्रहार गरी एक जनाको हत्या
![Image](/thumbnails/6f9cc0e6-e467-46b3-ac7d-518443e51c05_Chakku.jpg)
काठमाडौं- धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ घर भएका ३५ वर्षीय निमबहादुर घर्तीमगर रहेका छन्।
वालिङ नगरपालिका वडा नम्बर १३ को एक घरमा भाडामा बस्ने दाङकै २० वर्षीय आयुष चौधरीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
आइतबार राति पौने १० बजे घर्तीमगरले चौधरीलाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका चौधरीलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको थियो।
उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। चक्कु प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।