post-slider post-slider

१० जना नेपालीको ज्यान लिने हमास के हो?

Image
A A

काठमाडौं- प्रयोगात्मक सीप सिक्ने उद्देश्यले झन्डै एक महिनाअघि मात्र इजरेल पुगेका १० नेपालीको हमासका लडाकुहरूले आक्रमणमा परी ज्यान गएको छ।

अध्ययनका लागि त्यहाँ पुगेका नेपालीहरू कसरी हमासको आक्रमणमा परे यतिबेला धेरैले प्रश्न गर्न थालेका छन्।

इजरेलमा द्वन्द्व र गोलाबारूद्ध नौलो नभए पनि उसले सुरक्षाका लागि अपनाउने अत्याधुनिक उपाय तथा प्रयोग गर्ने अस्त्रविरोधी प्रविधिले हतपत त्यहाँ ठूलो मात्रामा मानिसहरूको ज्यान गइहाल्दैन भन्ने धेरैको विश्वास थियो।

तर, हमासको पछिल्लो आक्रमणमा अहिलेसम्म १५ सय बढीको ज्यान गइसकेको खबरहरू आएका छन्।

कृषि विज्ञानमा स्नातक गरेका ती नेपाली विद्यार्थीहरू एकै स्थानमा सांघातिक आक्रमणमा परेपछि इजरेलमा रहेका अरू क्षेत्रका नेपालीलाई पनि त्रसित बनाएको छ।

मृतक र घाइते नेपालीहरू कसरी आक्रमणको चपेटामा परे भन्नेबारे नेपाली कूटनीतिक अधिकारीहरू र इजरेलस्थित गैरआवासीय नेपालीहरूले निक्र्यौल गर्न सकेका छैनन्।

प्यालेसिटनी लडाकु समूह हमासको ‘अभूतपूर्व’ आक्रमणपछि इजरेल यतिबेला अशान्त छ। हमासले गाजा स्ट्रिपनजिकै इजरेली समुदायहरूबीच प्रवेश गरी सयौंलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाएर लगे।

हमास के हो?

हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो। गाजा स्ट्रिपमा अहिले यो समूहको सत्ता छ।

हमासले इजरेलको विनाशको सपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिएयता उसले कैयौंपटक इजरेलसँग लडाइँ गरिसकेको छ।

ती लडाइँका क्रममा उसले इजरेलमाथि रकेटहरू प्रहार गरेको छ अथवा अरू समूहलाई पनि प्रहार गर्न लगाएको छ।

इजरेलले पनि लगातारजसो हमासविरूद्ध हवाइ हमलाहरू गर्दै आएको छ र इजिप्टसँग मिलेर सन् २००७ यता गाजा स्ट्रिपमाथि नाकाबन्दी गरेको छ।

आफ्नो सुरक्षाका निम्ति त्यसो गरेको इजरेलको दाबी छ।

इजरेल, संयुक्त राज्य अमेरिका, युरोपेली संघ र ब्रिटेनका साथै विभिन्न मुलुक समग्रमा हमासलाई अथवा केही अवस्थामा उसको सैन्य संगठनलाई आतंकवादी समूह ठान्छन्।

हमासलाई इरानले सघाउँदै आएको छ। उसले यो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ।

गाजा स्ट्रिप के हो?

गाजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ भएको इजरेल, इजिप्ट र भूमध्यसागरबीचको भूभाग हो।
त्यहाँ २३ लाख मानिसको बसोबास छ।

विश्वका धेरै जनघनत्व भएका ठाउँमध्ये गाजा स्ट्रिप पनि एक हो।

इजरेलले गाजाको आकाश (हावाइ क्षेत्र) र समुद्री तटमा नियन्त्रण गर्छ र आपूmसँग जोडिएको सीमाना भएर को आउजाउ गर्न पाउँछ अनि के सामान ओसारपोसर गर्न दिने हो भन्ने कुरा इजरेलको नियन्त्रणमा छ।

त्यसैगरी इजिप्टले पनि आफूसँग जोडिएको नाका भएर को आउजाउ गर्न पाउँछ भन्ने कुराको नियन्त्रण गर्छ।

इजरेल र हमासबीच किन लडाइँ भएको हो?

हमास र इजरेलबीच निरन्तर तनाव रहिआएको छ।

तर, हमासले शनिबार विना कुनै चेतावनी इजरेलमाथि आक्रमण ग¥यो। 

हमासले इजरलमाथि हजारौं रकेट प्रहार ग¥यो भने उसका लडाकुहरूले सीमामा लगाएको ताबार हटाए अनि इजरेली समुदायमाथि आक्रमण गरे, सयौंलाई मारिदिए र कैयौंलाई बन्धक बनाएर लगे।

गाजामा लडाकुहरूको अखडालाई लक्ष्य बनाएर इजरेलले तत्कालै हवाइ हमला सुरू ग¥यो।

हमला कति अभूतपूर्व?

हमासले गाजाबाट सुरू गरेको यो सबैभन्दा महत्वाकांक्षी कारबाही हो र इजरेलले एक पुस्ताको भन्दा बढी समयभित्र झेलेको यो सबैभन्दा गम्भीर सीमापार हमला हो।

लडाकुहरूले गाजा र इजरेललाई छुट्याउने तारबारहरू धेरै ठाउँमा काटिदिए।

मध्यपूर्वमा ठूलो युद्ध निम्त्याउने गरी इजिप्ट र सिरियाले सन् १९७३ मा अचानक आक्रमण गरेको ५० वर्ष पुगेको एक दिनपछि यो अभूतपूर्व आक्रमण भएको हो।

हमासको नेतृत्वका लागि अहिलेसम्म त्यसको सान्दर्भिकता सकिएको छैन।

इजरेली गुप्तचरको विफलता!

इजरेलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयासबीच कसैले यस्तो हुन्छ भन्ने आकलन गर्न नसक्नु अनौठो हो।

यदि आकलन गरिएको भए पनि ती निकाय उपयुक्त कदम चाल्न विफल भए।

इजरेलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न गुप्तचर निकाय मानिन्छ।

गाजा र इजरेलबीचको तनावपूर्ण सीमा तारबारनजिकै क्यामरा, भुइँमा हुने गतिविधि थाहा पाउने सेन्सर र नियमित सैनिक गस्तीको कडा सुरक्षा बन्दोबस्त छ।

सीमामा लगाइउको बारमाथिको धारिलो तारलाई यसपटकको हमलामा देखिए जस्तो घुसपैठ रोक्नका लागि खडा गरिएको ‘बुद्धिमानिी अवरोध’ का रूपमा कतिपयले लिएका छन्।

तर, हमासका विद्रोहीहरूले त्यसलाई पार गरेका छन् र तारहरू काटेर वा समुद्रको बाटो हुँदै वा प्याराग्लाइडिङ गरेर इजरेलभित्र प्रवेश गरे।

यो घटनासँग प्यालेस्टाइनको के सरोकार?

वेस्ट बैंक र गाजा प्यालेस्टिनी भूभागको रूपमा चिनिन्छ। साथै इस्ट जेरूसेलम र इजरेल बनेको सबै भूभाग रोमनकालदेखि प्यालेस्टाइनको रूपमा चिनिन्छ।

 बाइबलमा उल्लेख गरिएअनुसार ती भूभाग यहुदी अधिराज्यहरू हुन् जसलाई यहुदीहरूले आफ्नो प्राचीन मातृभूमिका रूपमा हेर्छन्।

सन् १९४८ मा इजरेल एउटा राज्यको रूपमा घोषणा भयो। यद्यपि इजरेललाई देशको रूपमा मान्यता नदिएकाहरू अझै त्यो भूमिलाई प्यालेस्टाइन नै भन्ने गरेका छन्।

प्यालेस्टिनहरूले वेस्ट बैंक, गाजा र इस्ट जेरूसेलमलाई समग्रतामा बुझाउन प्यालेस्टाइन नाम प्रयोग र्गछन्।

अब के होला?

हमासका कमान्डर मोहम्मद डेफले प्यालेस्टिनी र अरू अरबहरूलाई ‘इजरेली कब्जा अन्त्य गर्न’ का लागि आफ्नो कारबाहीमा सहभागी हुने आह्वान गरेका छन्।

तर वेस्ट बैंक र इस्ट जेरूसेलममा रहेका वा अन्यत्र रहेका प्यालेस्टिनीहरूले हमास कमान्डरको यो आह्वानलाई सुन्दछन् वा सुन्दैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न रहेको छ।

निःसन्देह इजरेलले एउटा सम्भावित युद्ध देखेको छर जुन विभिन्न मोर्चाबाट सुरू हुनसक्छ।

लेबनानको शक्तिशाली लडाकु समूह हिज्बुल्लाह त्यसमा संलग्न भयो भने नराम्रो अवस्था आउनसक्छ।

इजरेली सेनाले संगठनभित्र व्यापक सुदृढीकरणको निर्देशन दिएको छ।

साथै गाजामा हवाइ आक्रमण तीब्र पारेको इजरेलले स्थल कारबाही गर्ने योजना बनाइरहेको छ।

 

Tags: