post-slider post-slider

नेदरल्याण्ड्सविरुद्ध नेपालको सहज जित, अर्धशतकबाट चुके रोहित

Image
A A

त्रिकोणात्मक टी २० अन्तर्गत जारी खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ। 

कीर्तिपुरमा भएको खेलमा सामान्य १२१ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए भने अर्का ब्याटर गुल्सन झाले ३८ रन बनाए। 

यसअघि ओपनिङ ब्याटर कुशल भुर्तेल र आशिफ शेखले क्रमश १२ र ८ रन बनाएका थिए। नेपालका दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल क्रमश ४ र २ रनमा नटआउट रहे। सिरिजमा नेपालको यो दोस्रो जित हो। 

नेपालले हिजो नामिबियामाथि ३ रनको रोमाञ्चक जित निकालेको थियो। 

टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले खराब प्रदर्शन गर्दै ३ बल बाँकी छँदा सबै विकेट गुमाएको थियो। नेपालका लागि प्रतिश जिसीले ३, करन केसीले २ र कुशल मल्लले पनि २ विकेट लिए। त्यस्तै दीपेन्द्रले पनि एक विकेट लिएका थिए। 

Tags: