post-slider post-slider

इन्टेकमा डुबेर कैलालीमा एक जना किशोरको मृत्यु

Image
A A

काठमाडौं- कुलोको इन्टेकमा डुबेर कैलालीमा एक जना किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा जानकी गाउँपालिका वडा नम्बर ५ थापापुरका १८ वर्षीय कैलाश विष्ट रहेका छन्।

मंगलबार सोही गाउँपालिका वडा नम्बर ५ अमौरास्थित कुलरिया खर्गौली बड्का बिच्की कुलोको इन्टेक नुहाउन गएका विष्ट डुबेर विष्टको मृत्यु भएको हो।

इन्टेकमा डुबेर बेपत्ता भएका उनलाई प्रहरी र स्थानीयले साँझ ५ बजे उद्धार गरेका थिए। विष्टलाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा ५:४० बजे डाक्टरले मृत घोषणा गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

उनका अनुसार पौने ४ बजे विष्ट आफ्ना अन्य ६ जना साथीहरूसँग इन्टेकमा नुहाउन गएका थिए।

Tags: