post-slider post-slider

संघीयताको सफल कार्यान्वयनका लागि प्रदेसलाई अधिकार सम्पन्न बनाउनुको विकल्प छैन : निधि

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेस सरकारलाई अधिकार सम्पन्न बनाउनुको विकल्प नभएको बताएका छन्।

सोमबार धनुषा क्षेत्र नम्बर २ को औरहीमा पूर्वक्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

संघीयता कार्यान्वयनका लागि प्रदेस सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउँदै निधिले संविधानप्रद्त अधिकार संघीय सरकारले तत्काल प्रत्यायोजन गर्नुपर्नेमा जोड दिए।

‘संघीयता कार्यान्वयनमा आएको आठ वर्ष बितिसकको छ। कुनै पनि सरकार सञ्चालनका लागि सुरक्षा र प्रशासनिक निकाय नभइ हुँदैन,’ उनले भने,‘सरकार सञ्चालनका लागि कम्तिमा यी तत्वहरू आवश्यक हुन्छन्। तर, प्रदेस सरकारको हकमा अहिलेसम्म हुन नसक्नु दुःखद विषय हो।’

नेता निधिले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेस सरकारहरूलाई तत्कालै प्रहरी संगठन हस्तान्तर गरी संघीयता कार्यान्वयनको पहिलो कदम अगाडि बढाउन ध्यानाकर्षण गराएको जानकारी दिए।

संघीय प्रणालीलाई मजबुत बनाउन प्रदेस सरकारमातहत प्रहरी संगठन, प्रशासनिक संरचनाका साथै प्रशासनिक संरचना र राजनीतिक अधिकार दिनुको विकल्प नभएको उनले बताए।

‘संघीय प्रणालीलाई मजबुत बनाउन प्रहरी संगठन, प्रशासनिक संरचना, राजनीतिक र आर्थिक अधिकारसहितको सवल स्थानीय तहको सुनिश्चितता हुनुपर्छ। यी विषयहरूको सम्बोधनका लागि पटकटक भनेको छु, संघीय सरकारसँग माग गरेको छु,’ उनले भने।

 

Tags: