post-slider post-slider

यसपालि ३६६ दिनको वर्ष

Image
A A

काठमाडौं - यो वर्षको पात्रोमा पहिलाको तुलनामा एक दिन थपिएको छ। सामान्यतया एक वर्षमा ३६५ दिन हुन्छन्। तर, सन् २०२४ मा ३६६ दिन हुनेछन्।

वर्षमा अतिरिक्त एक दिन हुँदा त्यसलाई ‘लीप इयर’ अर्थात ‘अधिवर्ष’ भनिन्छ।

यो वर्ष थपिएको एक दिन अंग्रेजी पात्राको सबैभन्दा छोटो महिनामा पर्छ।

फेब्रुअरी २९ लाई ‘लीप डे’ अर्थात अतिरिक्त दिन भनिन्छ र उक्त दिन कतिपय स्थानमा परम्परागत सांस्कृतिक र अन्धविश्वासमा आधारित गतिविधि गर्ने चलन पनि छ।

सामान्यतया लीप इयर हरेक चार वर्षमा आउँछ। यसअघि सन् २०२० मा लीप इयर थियो भने अब सन् २०२८ मा अर्को लीप इयर आउँछ।

यद्यपि यससँग सम्बन्धित नियममा केही अपवाद छन्।

लीप इयर किन हुन्छ?

एक वर्षको पात्रोमा ३६५ दिन हुन्छ। त्यो पृथ्वीले एकपटक सूर्यको परिक्रमा गर्न लाग्ने दिन हो।

तर, ३६५ दशमलब घटाइएको अंक हो।

पृथ्वीलाई वास्तवमा सूर्यको फन्को लगाउन ३६५.२४२१९० दिन लाग्छ। अर्थात ३६५ दिन ५ घण्टा ४८ मिनेट र ५६ सेकेन्ड लगाएर पृथ्वीले सूर्यको परिक्रमा गर्छ।

यसलाई ‘साइडिअरिअल’ नाक्षत्रिक वर्ष भनिन्छ।

साइडिअरिअल वर्षको अवधि पात्रोमा हुने वर्षभन्दा केही बढी हुन्छ। तसर्थ त्यसबाट अतिरिक्त घण्टा, मिनेट र सेकेन्ड घटाउने गरिन्छ।

अनि निश्चित वर्षपछि अतिरिक्त दिन थप गरेर पात्रोमा मिलान गरिन्छ।

लीप डे किन फेब्रुअरीमा पर्छ?

अतिरिक्त एक दिनलाई फेब्रुअरीमा राख्ने अभ्यास प्राचीन रोममा जुलिअस सिजरको क्यालेन्डर सुधार गर्ने कामबाट सुरु भएको थियो।

सिजरले जुलिअन क्यालेन्डर आरम्भ गराउँदा लीप इयरलाई ‘सोलर इयर’ अर्थात ‘सौर्य वर्ष’ सँग मिल्ने गरी गणना गरियो।

सन् १५८२ मा जुलिअन क्यालेन्डर ग्रेगोरिअन क्यालेन्डरका रुपमा विकसित भए पनि फेब्रुअरीमा लीप डे राख्ने चलनले निरन्तरता पायो।

लीप इयर नभएको के हुन्थ्यो?

लीप इयर गणना गर्ने चलन नभएको भए पात्रोमा यामहरु कालान्तरमा एउटै समयमा नपर्ने सक्थे।

उदाहरणका लागि ७ सय वर्षको अवधिमा उत्तरी गोलार्धमा बर्खा याम जुन महिनामा नभइ डिसेम्बरमा पुग्न सक्थ्यो।

अधिकांश मानिसहरुले लीप इयर प्रत्येक चार वर्षमा एकपटक पर्छ। तर, सँधै त्यस्तो हुँदैन।

यो साइडिअरिअल वर्षका कारण भएको भिन्नता हो। प्रत्येक चार वर्षमा आउने लीप डे ठ्याक्कै २४ घण्टाको हुँदैन। त्यो दिन २३.२६२२२२ घण्टाको हुन्छ।

समयमा हुने त्यो भिन्नता पनि मिलान गर्नुपर्ने हुन्छ।

अनि लीप इयर तय गर्ने नियम पनि बनाइएको छ। चारले भाग गर्न सकिने वर्षले मात्र लीप इयरको मान्यता पाउँछ।

यद्यपि एउटा अपवाद पनि छ।

कुनै वर्षलाई एक सयले भाग गर्न सकिन्छ भने त्यो वर्षलाई लीप इयरमा गणना गरिँदैन। तर, कुनै वर्षलाई ४ सयले भाग गर्दा सग्लो अंक आउँछ भने त्यसलाई चाहिँ लीप इयर मानिन्छ।

लीप इयरसँग विभिन्न परम्परा र अन्धविश्वासहरु विभिन्न समाजमा प्रचलित छन्।

आयरल्यान्डमा अविवाहित महिलाहरुले ‘लीप डे’ अर्थात फेब्रुअरी २९ का दिन आफूलाई मन परेका व्यक्तिलाई प्रेम वा विवाहको प्रस्ताव राख्न पाउँछन्।(बिबिसीबाट)

 

Tags: