post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : भोट हाल्न गएनन् बालेन

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन्।

व्यस्तताका कारण देखाउँदै उनी मतदानमा भाग नलिने भएका हुन्।

मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार व्यस्तताका कारण उनी मतदानका लागि नगएका हुन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेसको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ।

निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको छ।

मेयर साहका स्वकीय सचिव भूपदेवले भने, ‘कार्य व्यस्तताका कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ। जाने कुरा पनि छैन।’

उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेससभा सदस्य, स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष मतदाता हुने व्यवस्था छ।

 

Tags: