post-slider post-slider

नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जना पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले दुई किलो अवैध सुनसहित तीन जनालाई काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कोर्पियो गाडीबाट सुन बरामद भएको हो।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल्सेङ तामाङ, २६ वर्षीय विरु तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेका छन्।

उपत्यका अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो। गएराति दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीबार मध्यराति नै अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो।

Tags: