post-slider post-slider

किन भइरहेको छ विराटको शतकको चर्चा?

Image
A A

काठमाडौं- विराट कोहलीको शक्तिशाली शतक र पूरा टिमको अलराउन्ड प्रदर्शनका कारण भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेर विश्वकपमा लगातार चौथो जित दर्ज गर्‍यो।

बंगलादेशले पहिले ब्याटिङ ग¥यो। ओपनिङ जोडीले ९३ रनको साझेदारी बनायो।

नयाँ ब्याटर पिचमा आएको केहीबेर नबित्दै रवीन्द्र जडेजाले उनलाई पवेलियन फर्किन बाध्य पारे।

त्यसपछि बंगलादेशको सबैभन्दा सफल ब्याटर लिटन दासलाई पनि जडेजाले पवेलियन फिर्ता पठाए।

कुनै बेला ठूलो स्कोरतर्फ अगाडि बढिरहेको बंगलादेश टिम जेडेजाका चलाखीपूर्ण बलिङका कारण केवल २५६ रनमा सीमित भयो।

साधारण लक्ष्य र भारतीय टिमको जारी प्रदर्शनका कारण खेलको नतिजा भारतको पक्षमा जाने धेरैले अनुमान गरिसकेका थिए।

र, रोहित शर्मा एवं शुभमन गिलपछि पिचमा उत्रिएका विराट कोहलीले त्यो अनुमानलाई सही साबित पनि गरिदिए।

कोहलीले जडेजालाई ‘सरी’ भने

कोहलीले दमदार शतक बनाए र ‘प्लेयर अफ द म्याच’ चुनिए।

माइकमा आएका कोहलीले सबैभन्दा पहिले रवीन्द्र जडेजालाई ‘सौरी’ भने। जडेजालाई उनले भने,‘तपाईंले पाउनुपर्ने प्यलेयर अफ द म्याच चोरेकोले सौरी।’

राम्रो पिचमा राम्रो स्कोर बनाउन पाउँदा खुसी लागेको उनले बताए।

‘मेरो सुरूवात राम्रो रह्यो र पिज पनि शानदार थियो। मौका पाउँदा ग्यापमा बाउन्ड्री प्रहार गरेँ,’ कोहलीले भने,‘विश्वकपमा मैले केही अर्धशतक लगाएको छु। यसपालि म्याच अन्त्य गर्न चाहेको थिएँ। फ्रि हिट्समा सट लगाएर सुरूवात गर्दा मैले शुभमनलाई शान्त हुन भनेको थिएँ।’

शुभमनले बंगलादेशविरूद्ध विश्वकपमा आफ्नो पहिलो अर्धशतक बनाए। त्यसलगत्तै उनी आउट भए।

कप्तान रोहित शर्माले पनि जडेजाको बलिङ र फिल्डिङको प्रशंसा गरे। तर, शतक भनेको शतक नै हुन्छ त्यसलाई किनारा लगाउन सकिँदैन रोहितले बताए।

किन भइरहेको छ कोहलीको शतकको चर्चा?

रोहितले भनिरहेको शतकबारे म्याचको क्रममा कमेन्टेटरले पनि चर्चा गरिरहेका थिए। 

त्यहाँ चर्चा भइरहेको थियो–विराटले सिंगल किन लिइरहेका छैनन्?

त्यतिबेला विराट ९२ रनको व्यत्तिगत स्कोरमा खेलिरहेका थिए। उनलाई शतक बनाउन ८ रन चाहिएको थियो।

त्यो बेला विराटले कैयौंपटक संगल रन लिएनन्।

म्याचपछि सामाजिक सञ्जालमा पनि यसको चर्चा सुरू भयो। क्रिकेटर मैथ्यू हेडेन र चेतेश्वर पुजाराले यो विषयलाई लिएर टिप्पणी गरे।

हेडेनेले भने,‘नेट रन नेटले पनि महत्व राख्छ। यद्यपि यसलाई लिएर मलाई कुनै आपत्ति छैन।’

चेतेश्वर पुजाराले टिमलाई असर नपरेको अवस्थामा सिंगल नलिँदा केही फरक नपर्ने बताए।

केएल राहुलले के भने?

म्याचपछि विराटसँग ब्याटिङ गरिरहेका केएल राहुलले पनि यो विषयमा कुराकानी गरे।

‘विराटले सिंगल नलिउन् र बाउन्ड्री हानेर शतक पूरा गर्ने प्रयास गरून् भनेर मैले चाहेको थिएँ,’ केएलले भने।

यो कुरा भन्दा विराटलाई आफूले केही अन्योलको स्थितिमा पाएको उनले बताए।

केएलले भने,‘विराट केही कन्फ्युज थिए। मलाई भने–सिंगल नलिँदा ठीक हुने छैन। यो विश्वकप हो। म केवल रेकर्ड बनाउन खेलिरहेको भन्ने देखाउन चाहँदिन्। त्यसपछि मैले फेरि भने– म सिंगल्स लिँदिनँ।’

अन्तिम ओभरमा विराटले कम्तिमा पाँच मौकामा सिंगल्स लिएनन्, वा केएल राहुलले उनलाई सिंगल्स लिन दिएनन्।

विराटको रेकर्ड

विराटले अविजित १०३ रन बनाए। विश्वकपमा यो उनको तेस्रो शतक हो। जुन आठ वर्षपछि आएको हो।

साथै चेज गरेर विश्वकपमा विराटको यो पहिलो शतक हो।

एकदिवसीयमा विराटको यो ४८ औं शतक पनि हो। उनी अब सचिन तेन्दुलकरको सर्वाधिक शतकको कीर्तिमानभन्दा केवल एक पाइलामात्रै पछाडि छन्।

आफ्नो यो इनिङका क्रममा विराटले विश्वकपमा १२ सय रन पूरा गरे। क्रिकेटको सबै फर्मेटमा सबैभन्दा छिटो २६ हजार रन बनाउने ब्याटर पनि बनेका छन्।

विराटले लामो अन्तरालपछि विश्वकपमा शतक बनाएका छन्।

एकदिवसीय खेलमा विराट ४० औंपटक ‘प्लेयर अफ द म्याच’ भएका छन्। यद्यपि अहिले उनी सचिन तेन्दुलकर (६२) र सनत जयसूर्या (४८) भन्दा धेरै पछाडि छन्।

 

Tags: