post-slider post-slider

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

Image
A A

अछाम, माघ २५ -अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ। 

मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा बुधबार साँझ आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

घरनजिकै बालेको आगो गोठमा सल्किँदा ६ वर्षीया निरुता बुढा र ३ वर्षीका अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

 

Tags: