post-slider post-slider

भूकम्पबाट घाइते भएकाहरूको उपचार निःशुल्क

Image
A A

काठमाडौं- सरकारले जाजरकोट भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको आक्स्मिक बैठकले भूकम्पबाट घाइते भएकाहरूलाई सबै अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो।

तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौंलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वस्थाथ्य तथा जसनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्।

उनले छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन क्षेत्रमा कसरी लिने भन्नेबारे थप छलफल गरी निर्णय गरिने बताए।

गोरखा भूकम्पपछि भएका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापना कार्य गरिने मन्त्री बस्नेतको भनाइ छ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी १५७ जनाको ज्यान गएको छ भने करिब २ सय जना घाइते भएका छन्।

भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। 

 

Tags: