post-slider post-slider

६ वटा बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

Image
A A

काठमाडौं- नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ।

नियामकिय व्यवस्था उल्लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरीवाना र सचेत गराएको हो।

चालु आर्थिक वर्ष २०८० / ८१ को पहिलो त्रैमासमा नियामकिय व्यवस्था उल्लंघन गरेको पाइएपछि उनीहरूलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

लक्ष्मी सनराइज बैंकले सम्पत्ती शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको पाइएको छ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रूपैयाँ जरीवाना गरेको छ।

यस्तै कर्जा–निक्षेप अनुपात उल्लंघन गरेपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई १ करोड ६७ लाख ७१ हजार ४३४ रूपैयाँ जरीवाना गरेको छ।

बैंकले गत आर्थिक वर्षको वैशाखमा अनुपात ९० प्रतिशत नाघेपछि राष्ट्र बैंकले कारबाही गरेको हो।

एनएमबी बैंकले ब्याज अनुदानको समूहियतपूर्ण कर्जा, कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान दिए पनि उक्त कर्जा व्यावसायिक प्रयोजनका लागि नभइ अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले यो बैंकका कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

राष्ट्र बैंकले एनआइसी एसिया बैंकलाई पनि सचेत गराएको छ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन व्यवस्थाविपरित हुने गरी ग्राहकसँग बढी लिएको ब्जाज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता भएको छैन।

साथै आर्थिक वर्ष २०७८ / ७९ र २०७९ / ८० मा पुनः निर्देशनविपरित ब्याज बढाएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ विपरित कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको राष्ट्र बैंकले जनाएको छ।

नबिल बैंकले पनि गरिएको एकीकृत निर्देशन उल्लंघन गरी ब्याजदर बढाएको पाइएकोले सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै सिटिजन्स बैंकले पनि राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को निर्देशन नम्बर २ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ।

 

Tags: